२०८३ असार ११ , बिहीबार 25, June 2026, Thursday

कोसी र कर्णाली प्रदेशका केही स्थानमा आंशिक बदली

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ मंसिर १ गते सोमबार

केही स्थानमा बदली भए पनि आज देशभरको मौसम सफा रहनेछ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहँदा मौसम सफा रहने भएको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । राति देशभर मौसम मुख्यतया सफा रहने विभागले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ मंसिर १ गते सोमबार