२०८३ भदौ १० , बुधबार 26, August 2026, Wednesday

श्रमिकको ज्याला बढ्यो, कुन प्रदेशमा कति ?

चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो त्रैमासमा वार्षिक बिन्दुगत तलब तथा ज्याला सूचकाङ्क ४.४८ प्रतिशतले वृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार यो अघिल्लो वर्षको सोही त्रैमासमा देखिएको ३.३१ प्रतिशत वृद्धिदरभन्दा उच्च हो ।

प्रदेशगत अनुसार गण्डकी प्रदेशले सबैभन्दा बढी वृद्धिदर देखाएको छ । समीक्षा अवधिमा गण्डकी प्रदेशको तलब तथा ज्याला सूचकाङ्क ९.४२ प्रतिशतले बढेको छ ।

लुम्बिनी प्रदेशमा ६.६८ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा ५.६२ प्रतिशत, बागमती प्रदेशमा ४.१६ प्रतिशत र मधेश प्रदेशमा ३.६२ प्रतिशत वृद्धि भएको छ । यसैगरी, कोशी प्रदेशमा १.१२ प्रतिशत र कर्णाली प्रदेशमा १.३६ प्रतिशत मात्र वृद्धि भएको देखिन्छ ।

प्रकाशित मिति : २०८२ कात्तिक ३० गते आइतबार