नेपालले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा चार अर्ब रूपैयाँभन्दा बढिको सफ्टवेयर निर्यात भएको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालबाट चार अर्ब ९० करोड ९३ लाख रूपैयाँ बराबरको सफ्टवेयर निर्यात भएको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार यो अवधिमा नेपालले ६१ करोड ५६ लाख रूपैयाँ बराबरको आयात पनि गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालले ३ अर्ब ५४ करोड २५ लाख रूपैयाँ बराबरको निर्यात गर्दा ५१ करोड ५६ लाख रूपैयाँ बराबरको आयात गरेको राष्ट्र बैंकले जनाएको छ ।
प्रकाशित मिति : २०८२ कात्तिक ३० गते आइतबार
सत्यपाटी