२०८३ भदौ २ , मंगलबार 18, August 2026, Tuesday

प्रहरीका डिआइजी ईश्वर कार्की एआइजी बढुवामा सिफारिस

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ कात्तिक २९ गते शनिबार

नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) ईश्वर कार्कीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

गृह मन्त्रालय बढुवा समितिको आज बसेको बैठकले जनपद तर्फका डिआइजी कार्कीलाई एआइजी पदमा बढुवा गर्ने निर्णय गरेको हो। कार्की कोशी प्रदेश कार्यालय विराटनगरमा कार्यरत थिए ।

डिआइजी कार्कीलाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव एवं प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ कात्तिक २९ गते शनिबार