२०८३ भदौ २ , मंगलबार 18, August 2026, Tuesday

नेकपाको वरियता : प्रचण्ड पहिलो, आफ्नै बुहारी विना अन्तिममा (सूचीसहित)

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ कात्तिक २८ गते शुक्रबार

नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र अन्य दलहरू मिलेर बनेको १० दलीय नवगठित ‘नेपाली कम्युनिस्ट पार्टी (नेकपा)’को १३८ सदस्यीय केन्द्रीय समिति बनेको छ ।

कात्तिक १९ गते माओवादी र समाजवादीसहितका दलले एकता घोषणा गरेका थिए । एकीकृत दलको केन्द्रीय समिति सूची निर्वाचन आयोगमा बुझाइएको छ, जसका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपाल छन् ।

आयोगमा बुझाइएको सूचीमा तेस्रो नम्बरमा झलनाथ खनाल, चौथोमा बामदेव गौतम, पाँचौँमा नारायणकाजी श्रेष्ठ, छैठौँमा अग्निप्रसाद सापकोटा, सातौँमा कृष्णबहादुर महरा, आठौँमा जगन्नाथ खतिवडा, नवौँमा जयन्तीदेवी राई र दशौँमा डा.बेदुराम भुसाल छन् ।

सूचीको अन्त्य, १३८ नम्बरमा, प्रचण्डकी बुहारी तथा माओवादी केन्द्रकी नेतृ विना मगरको नाम छ । केन्द्रीय समितिमा ३३ प्रतिशत महिला समावेश छन् ।

नेताहरूका अनुसार १३८ सदस्यीय समितिमा एकीकृत समाजवादीबाट ५९, माओवादी केन्द्रबाट ५६ तथा बाँकी सदस्य अन्य सात दलबाट छन् । एकता घोषणा पछि डा.भीम रावल नेतृत्वको मातृभूमि अभियान पनि सोही पार्टीमा समाहित गरिएको छ ।

Skip to PDF content
प्रकाशित मिति : २०८२ कात्तिक २८ गते शुक्रबार