२०८३ साउन २२ , शुक्रबार 8, August 2026, Saturday

मतदाता नामावलीमा नाम दर्ता गर्न दुई दिन मात्रै बाँकी

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ कात्तिक २८ गते शुक्रबार

मतदाता नामावलीमा नाम दर्ता गर्ने म्याद सकिन दुई दिन मात्रै बाँकी छ । यही कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था छ । मतदाता नामावलीमा नाम दर्ता गर्ने समय सकिन लाग्दा थपिने नयाँ मतदाताको संख्या पनि वृद्धि हुँदै आएको निर्वाचन आयोगले जनाएको छ ।

पछिल्ला केही दिन अझ मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्यले रफ्तार पाउने आयोगका अधिकारीहरू बताउँछन् । किनभने, राष्ट्रिय परिचयपत्रको तथ्यांकलाई मतदाता नामावली दर्तामा प्रयोग गरिएको छ । निर्वाचन आयोगले बिहीबारबाटै राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा पनि मतदाता नामावलीमा समावेश गर्ने प्रक्रिया सुरु गरेको हो ।

राष्ट्रिय पञ्जीकरण विभागले राष्ट्रिय परिचय पत्र वितरणका लागि संकलन गरेको जैविक तथ्यांक निर्वाचन आयोगलाई उपलब्ध गराएपछि यो सम्भव भएको हो । यसले राष्ट्रिय परिचयपत्र नम्बर भएका र आफैं निर्वाचन कार्यालयमा उपस्थित हुन नसक्ने मतदातालाई सहज बनाएको छ ।

प्रकाशित मिति : २०८२ कात्तिक २८ गते शुक्रबार