पाल्पाको तानसेनबाट करिब तीन किलोमिटर उकालोमा अवस्थित बतासेडाँडा पछिल्ला वर्षहरूमा पहाडी दृश्य हेर्नेहरूका लागि प्रमुख भ्यू पोइन्ट बनेको छ । मौसम खुलेको दिन यहाँबाट पश्चिमतर्फका काञ्जिरोवा हिमालदेखि पूर्वतर्फ जुगल हिमालसम्म फैलिएको विशाल हिमशृङ्खला देख्न सकिन्छ । करिब ५० भन्दा बढी हिमशिखरहरू यस ठाउँबाट देखिन्छन् ।
पश्चिमतर्फ काञ्जिरोवा रेंजका हिउँचुली पाटन र काञ्जिरोवा हिमाल त्यसपछि धौलागिरि शृङ्खलाका पुथा हिउँचुली, चुरेन, धौलागिरि १ देखि ६ सम्म तथा टुकुचे हिमाल स्पष्ट देखिन्छन् । मध्यभागतर्फ अन्नपूर्ण शृङ्खलाका निलगिरिदेखि तिलिचो, वराहशिखर, अन्नपूर्ण १, दक्षिण, हिमचुली, खाङसार काङ, तारे काङ, गङ्गापूर्ण, अन्न ३, माछापुच्छ्रे, अन्न ४, अन्न २ र लमजुङ हिमाल सुन्दर रूपमा देखा पर्छन् । त्यसैगरी मानसीरी शृङ्खलाका मनासलु, ङादी चुली, हिमालचुली, गणेश हिमाल, पविल, सलासुङ्गो, लाङटाङ क्षेत्रको लाङटाङ लिरुङ् तथा जुगल हिमाल क्षेत्रका केही शिखरहरू पनि दृश्यमा समेटिन्छन् ।

तस्वीरहरु : मनिष अर्याल । नेपाल फोटो लाइब्रेरी
सत्यपाटी