२०८३ साउन ५ , मंगलबार 22, July 2026, Wednesday

जगदम्बा स्टिल्सले बुझायो विवादित महशुलको ‘पहिलो किस्ता’

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ कात्तिक २६ गते बुधबार

जगदम्बा स्टिल्सले बुझायो विवादित महशुलको ‘पहिलो किस्ता’ बुझाएको छ । बुधबार शंकर ग्रुप अन्तर्गत जगदम्बा स्टिल्स उक्त कम्पनीले पाँच करोड ७२ लाख रुपैयाँ बराबरको चेक बुझाएको हो ।

सिमरास्थित विद्युत् प्राधिकरणको वितरण केन्द्रलाई उक्त रकम बुझाइएको प्राधिकरणले जनाएको छ । जगदम्बा सबैभन्दा धेरै बक्यौता विवाद भएको कम्पनको रुपमा रहेको थियो । प्राधिकरणले जगसम्बा स्टिल्सविरुद्ध मात्रै चार अर्ब १४ करोडको बक्यौता दाबी गरेको थियो ।

प्राधिकरणका अनुसार सिमेन्टले बुधबार पहिलो किस्ता तिरेसँगै उद्योगमा लाइन जोडिएको छ । विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्क लाइन विद्युत् बक्यौता नतिरेपछि बिजुली काटेका १६ उद्योगले बक्यौता रकम बुझाएका छन् ।

नेपाल विद्युत प्राधिकरणले लामो समय विवादित बन्दै आएको डेडिकेटेड र ट्रंकलाइन विद्युत् महसुल नतिरेको भन्दै कात्तिक ४ र ७ गते बक्यौता नबुझाएका २५ उद्योगको विद्युत् काटेको थियो ।

प्रकाशित मिति : २०८२ कात्तिक २६ गते बुधबार