२०८३ भदौ २ , मंगलबार 18, August 2026, Tuesday

लोकसेवाको परीक्षामा सबैभन्दा बढी चिट चोर्नेमा प्रहरी

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ कात्तिक २६ गते बुधबार

लोकसेवा आयोगले लिएको बढी सुरक्षा निकाय तर्फमा प्रहरी जवान (जनपद) परीक्षामा चिट चोरेर अनियमितता गरेको पाइएको छ । आयोगले सार्वजनिक गरेको ६६ औँ (२०८१ साउनदेखि २०८२ असारसम्मको) वार्षिक प्रतिवेदनमा उम्मेदवारलाई गरिएको कारबाहीमा उक्त कुरा पाइएको हो ।

आयोगले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सुरक्षा निकायतर्फ प्रहरी जवान (जनपद)को परीक्षामा चिट चोरेको पाइएपछि २८ जना उम्मेदवारलाई कारबाही गरिएको छ । कुनै उम्मेदवारले आफ्नो मोबाइलबाट प्रश्नपत्रको फोटो खिची आफ्नो दाजुलाई मेसेन्जरमा पठाएको र सम्वाद भएकोदेखि अर्का नक्कली उम्मेदवार बनाएर परीक्षा दिएका थिए ।

दोस्रोमा संगठित संस्थातर्फका १० जना उम्मेदवार कारबाही परेका छन् । सुरक्षा निकाय तर्फकै सैन्य, नेपाली सेना परीक्षामा सात जना र प्रहरी सहायक निरीक्षकको परीक्षामा एक जना उम्मेदवार कारबाही परेका छन् । निजामति सेवा तर्फको परीक्षामा पाँच जना उम्मेदवार कारबाही परेको प्रतिवेदनमा उल्लेख छ । उनीहरुको उक्त विज्ञापनको सबै परीक्षा रद्द गरी आगामी तीन वर्षसम्म उम्मेदवार हुन नपाउने गरी रोक लगाइएको छ ।

प्रकाशित मिति : २०८२ कात्तिक २६ गते बुधबार