२०८३ भदौ ८ , सोमबार 25, August 2026, Tuesday

मधेशका मुख्यमन्त्रीको निवास र कार्यालयमा तोडफोड, सबै मन्त्रालयमा तालाबन्दी

निवर्तमान मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलका समर्थकले मुख्यमन्त्री सरोजकुमार यादवको निवास र प्रदेश प्रमुख कार्यालयमा तोडफोड गरेका छन् । उनीहरूले मुख्यमन्त्री निवास अगाडि रहेका गामला तथा कुर्सीहरूमा तोडफोड गरेका हुन् ।

उनीहरूले तोडफोड गर्न लागेपछि लोसपाका प्रदेश सांसद उपेन्द्र महतोले ‘यो सम्पत्ति हाम्रै हो’ भन्दै त्यसलाई क्षति नपुर्याउन आग्रह गरेपछि तोडफोड रोकिएको थियो । यता, निवर्तमान मुख्यमन्त्री सोनलका समर्थकहरूले मधेश प्रदेशका सबै मन्त्रालयहरू बन्द गराएका छन् ।

उनीहरूले आज सरकारी कामकाज गर्न नहुने भन्दै कर्मचारीहरूलाई गेटमा समेत रोकेको थियो । मन्त्रालय पुगिसकेका कर्मचारीहरूलाई समेत मन्त्रालयबाहिर जान आग्रह गर्दै उनीहरूले मन्त्रालयहरूमा तालाबन्दीसमेत गरेका छन् । नवनियुक्त मुख्यमन्त्री यादव आजै आएर पदभार ग्रहण गर्ने हल्ला फैलिएपछि उनीहरू झन् आक्रोशित भई मन्त्रालयहरूमा तोडफोड गरेका हुन् ।

प्रकाशित मिति : २०८२ कात्तिक २४ गते सोमबार