२०८३ असार २ , मंगलबार 16, June 2026, Tuesday

जीबी राईका जेठान ज्ञानबहादुर पक्राउ

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ कात्तिक २३ गते आइतबार

स्वर्णलक्ष्मी सहकारी ठगीका आरोपी ज्ञानबहादुर बम्जन पुनः पक्राउ परेका छन् । जेनजी आन्दोलनका क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतबाट भागेका उनलाई शुक्रबार प्रहरी टोलीले फेरी पक्राउ गरेको हो ।

सिन्धुली दुधौली–७ निवासी बम्जन गोर्खा मिडियाका सञ्चालक जिबी राईका जेठान हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार भदौ दोस्रो सातामा पक्राउ परेका बम्जनमाथि स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा अनुसन्धान भइरहेको थियो ।

‘आन्दोलनको क्रममा भागेका उनलाई पुनः पक्राउ गरिएको हो,’ एसपी भट्टराईले बताए । बम्जनले जिबी राईलाई कास्कीको सूर्यदर्शन सहकारीको अध्यक्ष बनाएका थिए । त्यसपछि जिबीले बम्जनकी बहिनी भगवती बम्जनसँग दोस्रो विवाह गरेका थिए ।

भगवती अहिले जिबीसँगै फरार छिन् । ज्ञानबहादुर सूर्यदर्शन सहकारी ठगी प्रकरणका पनि आरोपी हुन् । कास्की जिल्ला अदालतले उनलाई यसअघि १० लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो ।

प्रकाशित मिति : २०८२ कात्तिक २३ गते आइतबार