देशमा हाल मौसम सम्बन्धी कुनै चेतावनी दिइएको छैन । बादल, वर्षा र हिमपातको धेरै सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ‘हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन,’ महाशाखाले भनेको छ ।
महाशाखाका अनुसार आइतबार (कात्तिक २३) दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ ।
कोसी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । आज राति कोसी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ ।
प्रकाशित मिति : २०८२ कात्तिक २३ गते आइतबार
सत्यपाटी