२०८३ असार २८ , आइतबार 12, July 2026, Sunday

साइकललाई जोगाउन खोज्दा बस सडकमै उत्तानो परेपछि…

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ कात्तिक २२ गते शनिबार

काठमाडौँको बालाजु चोक नजिकै यात्रुवाहक बस पल्टिएको छ । बालाजु चोकबाट माछापोखरीतिर गइरहेको बस शनिबार साँझ सडकमै उत्तानो परेको हो । बस पल्टिँदा सातजना घाइते भएका छन् ।

घाइतेलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको छ । चक्रपथ (रिङरोड) परिक्रमा गर्ने संयुक्त यातायातको बा.३ख ७०४७ नम्बरको बसले साइकललाई जोगाउन खोज्दा सडकमै उत्तानो परेको हो । दुर्घटनाग्रस्त बसलाई क्रेनको सहायताले उठाइएको छ ।

प्रकाशित मिति : २०८२ कात्तिक २२ गते शनिबार