२०८३ साउन २२ , शुक्रबार 8, August 2026, Saturday

रास्वपाको हस्ताक्षर अभियानमा ३३ लाख ७२ हजार खर्च

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ कात्तिक २२ गते शनिबार

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध चलाइएको हस्ताक्षर अभियानको प्रतिवेदन सार्वजनिक गरिएको छ । अभियान परिचालन तथा व्यवस्थापन मूल समितिका संयोजक दीपक बोहराले चितवनामा आयोजित बिस्तारित बैठकमा प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

अभियानका संयोजक बोहराका अनुसार अभियानका लागि कुल ६७ लाख ५९ हजार ५२२ रुपैयाँ सहयोग प्राप्त भएको छ । जसमा केन्द्रीय कार्यालयमा रसिदबाट नगद ११ लाख १३ हजार ७५, केन्द्रीय कार्यालयमा चेकबाट दुई लाख ६० हजार ७७७ र क्यूआर कोड र बैंकमार्फत ५३ लाख ८५ हजार ६७० रुपैयाँ संकलन भएको थियो ।

उक्त अभियान सञ्चालनका क्रममा ३३ लाख ७२ हजार ४४२ रुपैयाँ खर्च भएको संयोजक बोहराले जानकारी दिएका छन् । जसमा अपील र हस्ताक्षर फारम छपाईमा १९ लाख ६९ हजार ६६९ रुपैयाँ, फ्लेक्स, व्यानर आदि छपाईमा छ लाख दुई हजार ७१२, तयारी तथा प्राविधिकमा ५९ हजार २९१ खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार बुथ प्रतिनिधि (स्ययम सेवक)र कर्मचारी शिर्षकमा ६ लाख ५८ हजार ८०० र विविध शिर्षकमा ८१ हजार ९७० रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ । जसमध्ये बाँकी रहेको ३३ लाख ८७ हजार ८० रुपैयाँ बैंक खातमा मौज्दात रहेको छ । पार्टीले असार ७ गतेदेखि जेनजी अन्दोलनअघिसम्म हस्ताक्षर अभियान सञ्चालन गरेको थियो ।

प्रकाशित मिति : २०८२ कात्तिक २२ गते शनिबार