नेपाल जेसिजकी राष्ट्रिय अध्यक्ष रजनी थापा अन्तर्राष्ट्रिय जेसिजको २०२६ का लागि उपाध्यक्षमा निर्वाचित भएकी छन् । १५ वर्षपछि उनी अन्तर्राष्ट्रिय जेसिजको उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।
नेपाल जेसिजले पछिल्लो पटक सन् २०११ मा अन्तर्राष्ट्रिय जेसीआई उपाध्यक्ष पदमा प्रतिनिधित्व गरेको थियो । विश्वभरका सक्रिय र जिम्मेवार युवा नागरिकको नेतृत्व विकास गर्ने संस्थाको रुपमा परिचित जुनियर च्याम्बर इन्टरनेसनल, जसको मूल उद्देश्य समाजमा सकारात्मक परिवर्तन ल्याउने युवा अभियन्ताहरु तयार गर्नु रहेको छ ।
सन् १९१५ मा अमेरिकाको सेन्ट लुइसमा स्थापना भएको यो संस्था अहिले विश्वका २०० भन्दा बढी देशमा करिब पाँच लाख सदस्यसहित सक्रिय छन् । नेपाल जेसिज नेपालमा सन् १९६५ मा स्थापित १८ देखि ४० वर्षसम्मका युवाको संस्थाको हो । जसले देशभरका १७८ भन्दा बढी स्थानीय शाखाहरुमार्फत सदस्यहरूलाई नेतृत्व र अवसर प्रदान गर्दै आएको छ ।
सत्यपाटी