२०८३ साउन ११ , सोमबार 27, July 2026, Monday

प्रहरी इन्स्पेक्टर अनु लामालाई सेवाबाट हटाइँदै

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ कात्तिक २२ गते शनिबार

बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) अनु लामालाई सात दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।

उनी लामो समयदेखि कार्यालयमा गैर हाजिर रहेको भन्दै गृह मन्त्रालयले सार्वजनिक सूचनामार्फत स्पष्टीकरणसहित सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो । गृहका अनुसार उनी गएको असार २५ गतेदेखि कार्यालयमा उपस्थित भएकी छैनन् ।

त्यतिबेला १० दिनको बिदा लिएर बसेकी उनले त्यसपछि पुनः १० दिन थप बिदा स्वीकृति गराएकी थिइन् । २० दिनको बिदा सकेपछि गएको साउन १६ गते नै उनी कार्यालयमा हाजिर हुनुपर्ने थियो ।

तर, त्यसयता कसैलाई जानकारी नगराई तथा खोजतलास गर्दा पनि उनी कार्यालयमा अनुपस्थित भएपछि मन्त्रालयले सार्वजनिक सूचनामार्फत स्पष्टीकरण सोधेको हो ।

सूचना प्रकाशित भएको सात दिनभित्र आफू गैरहाजिर हुनुको कारण र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन लामालाई गृहले निर्देशन दिएको छ । अन्यथा भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाइने गृहले चेतावनी दिएको छ ।

प्रकाशित मिति : २०८२ कात्तिक २२ गते शनिबार