२०८३ भदौ २ , मंगलबार 18, August 2026, Tuesday

आज दुई प्रदेशको हिमाली क्षेत्रमा हल्का वर्षासहित हिमपातको सम्भावना

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ कात्तिक २२ गते शनिबार

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । आज राति कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

प्रकाशित मिति : २०८२ कात्तिक २२ गते शनिबार