दैलेखको आठबिस नगरपालिकामा भएको सवारी दुर्घटनामा १५ जना घाइते भएका छन् । शुक्रबार अपराह्न वडा नं. ८ सेरास्थित कर्णाली राजमार्गमा दुर्घटना भएको हो ।
कालिकोटबाट सुर्खेततर्फ आउँदै गरेको भे १ ज १०५६ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको हो ।
दुर्घटनामा परेर पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्पराज रोकायाले जानकारी दिए ।
उनका अनुसार गम्भीर घाइतेसहित ११ जनालाई उपचारका लागि सुर्खेत पठाइएको छ भने चार जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । गाडीमा १६ जना सवार थिए । सवारी चालक फरार रहेको उनको खोजीकार्य भइरहेको छ ।
प्रकाशित मिति : २०८२ कात्तिक २१ गते शुक्रबार
