२०८३ जेठ २५ , सोमबार 9, June 2026, Tuesday

बाँके थपिए चार हजार १९३ नयाँ मतदाता

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ कात्तिक २१ गते शुक्रबार

यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभाको निर्वाचनका लागि मतदाता नामावली दर्ता गर्ने कार्य भइरहेको छ । बाँके जिल्लामा मतदाता नामावली दर्ता गर्ने कार्यमा नयाँ मतदाताको उत्साहजनक सहभागिता देखिएको छ ।

जिल्लामा चार हजारभन्दा बढी मतदाताले फोटोसहितको मतदाता परिचयपत्रका लागि नाम दर्ता गराइसक्नु भएको छ । निर्वाचन कार्यालय बाँकेका निर्वाचन अधिकारी टेकबहादुर शाहीले जेनजी आन्दोलनपछि गत असोज ६ गतेबाट सुरु गरिएको मतदाता नामावली संकलन गर्ने क्रममा हालसम्म बाँकेमा चार हजार १९३ नयाँ मतदाता थपिएको बताए ।

उनका अनुसार नयाँ थपिएका मतदाता मध्ये दुई हजार ७६ पुरुष र दुई हजार ११७ महिला मतदाता रहेका छन् । फोटोसहितको मतदाता परिचयपत्र बनाउनका लागि निर्वाचन कार्यालयमा नयाँ मतदाता पुग्ने गरेको निर्वाचन अधिकारी शाहीले बताए । उनका अनुसार नाम दर्ता गराउनेमा ६० प्रतिशत युवा पुस्ता छन् ।

मतदाता नामावली अद्यावधिकका लागि अनलाइनमार्फत निवेदन आइरहेको उल्लेख गर्दै निर्वाचन कार्यालयले बाँकेमा तीन लाख ३३ हजार ९३४ मतदाता रहेको जनाएको छ । तीे मतदातामध्ये एक लाख ६९ हजार ८७६ पुरुष, एक लाख ६४ हजार ४९ महिला तथा नौ जना अन्य मतदाता रहेका छन् ।

प्रकाशित मिति : २०८२ कात्तिक २१ गते शुक्रबार