२०८३ जेठ ४ , सोमबार 18, May 2026, Monday

दल दर्ताका लागि निवेदन दिने दलको संख्या २४ पुग्यो

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ कात्तिक २१ गते शुक्रबार

निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिने दलको संख्या २४ पुगेको छ । आज मात्रै चार नयाँ दलले आयोगमा दर्ता निवेदन पेश गरेका छन् । नयाँ निवेदन पेश गरेका दलमध्ये ऊर्जाशील पार्टी पनि छ, जसको नेतृत्व योगेन्द्र मण्डल रहने बताइएको छ ।

अन्य दलहरूमा सुन्दर नेपाल निर्माण पार्टी चन्द्रप्रकाश सुवेदी नेतृत्व, राष्ट्र निर्माण पार्टी सविन सिग्देल नेतृत्व, र नागरिक सर्वोच्चता पार्टी नेपाल रत्नप्रसाद श्रेष्ठ (नेतृत्व) समावेश छन् ।

खगेन्द्र सुनारको नेतृत्वमा रहेको हाम्रो पार्टी नेपालले पनि दर्ताका लागि निवेदन दिएको छ । यस पार्टीले चुनाव चिह्नका रूपमा ‘गोलो घेराभित्र राम्रो जनाउने’ प्रतीक प्रस्ताव गरेको छ ।

यसअघि जनयुग पार्टी नवराज सुवेदी नेतृत्वले पनि आवश्यक कागजातसहित निर्वाचन आयोगमा दर्ताका लागि निवेदन पेश गरेको थियो ।

निर्वाचन आयोगका अनुसार, जेनजी आन्दोलनअघि ९ दल र आन्दोलनपछि १५ दलले दल दर्ताका लागि निवेदन दिएका थिए, जसबाट हालसम्म कुल २४ दल दर्ताका लागि निवेदन पेश भइसकेका छन् ।

प्रकाशित मिति : २०८२ कात्तिक २१ गते शुक्रबार