२०८३ भदौ २ , मंगलबार 18, August 2026, Tuesday

गाजा : जहाँ हातखुट्टा गुम्छन् तर सपनाहरू बाँचिरहन्छन्

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ कात्तिक २० गते बिहीबार

गाजा शहरको अल–दराजमा शरीरभर चोट बोकेका पूर्वफुटबल डिफेन्डर रमेज अल–इस्सी आफ्नो बायाँ खुट्टा बिना जीवन बिताउन सिक्दैछन् । ४१ वर्षीय उनी एक समय अल–हिलाल स्पोट्र्स क्लवका लागि उत्कृष्ट खेलाडी थिए ।

जनवरी १९, २०२४ मा श्रापनेलले लागेपछि उनको खुट्टा काटिएको थियो । चार दिनसम्म उनी गाजाको सबैभन्दा ठूलो चिकित्सा सुविधा अल–शिफा अस्पतालको भुइँमा पल्टिए । न ओछ्यान, न उपकरण, न पर्याप्त उपचार ।

आफू घर जाँदै गर्दा लगभग ५० मिटर टाढाको घरलाई निशाना बनाइएको उनी सम्झन्छन् । आफूलाई छर्राले लागेको थियो । उनलाई अझै फुटबल खेल्न मन छ । तर शरीरले साथ दिँदैन । आफूले फुटबल खेल्न नसके पनि भावी पुस्ताका लागि केही गर्ने उनको सोच छ ।

स्थानीय स्वास्थ्य अधिकारीहरूका अनुसार अक्टोबर २०२३ देखि अंगभंग भएका गाजामा पाँच हजारभन्दा बढी प्यालेस्टिनीहरूमध्ये अल–इस्सी एक हुन् । जसमा लगभग ७०० बालबालिकाहरू पनि समावेश छन् । धेरै अंगभंग भएकाहरूले अस्थायी उपकरणहरू पाउँछन् । केहीले गाजामा उपलब्ध नभएको उन्नत कृत्रिम अंगहरूको लागि महिनौं कुर्नुपर्छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २०८२ कात्तिक २० गते बिहीबार