२०८३ जेठ ४ , सोमबार 18, May 2026, Monday

झलनाथ खनाललाई नेपाली कम्युनिस्ट पार्टीमा तेस्रो वरियता

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ कात्तिक १९ गते बुधबार

१० दलबीच एकतापछि बुधबार घोषणा हुने नेपाली कम्युनिस्ट पार्टीमा नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनाललाई तेस्रो वरियतामा राख्ने सहमति भएको छ ।

बुधबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र अन्य शीर्ष नेताहरूबीच भएको छलफलमा खनाललाई तेस्रो वरियतामा राख्ने सहमति बनेको स्रोतले जनाएको छ ।

यसअघि उक्त पदका लागि बामदेव गौतमको नाम अगाडि रहेको बताइएको थियो । तर, विभिन्न घटकबीचको एकता प्रक्रियामा असन्तुष्टि जनाएका खनाल अन्ततः सहमत हुँदै भृकुटीमण्डपमा आयोजना गरिएको घोषणा सभामा सहभागी भएका छन् ।

नयाँ पार्टीमा प्रचण्ड पहिलो, माधवकुमार नेपाल दोस्रो, झलनाथ खनाल तेस्रो, बामदेव गौतम चौथो र नारायणकाजी श्रेष्ठ पाँचौँ स्थानमा रहने व्यवस्था गरिएको बताइएको छ ।

प्रकाशित मिति : २०८२ कात्तिक १९ गते बुधबार