२०८२ कात्तिक ३० , आइतबार 17, November 2025, Monday

आठ दलिय एकताबाट बिच्किएका जनार्दनले थाले बृहत् वाम एकता

सत्यपाटी
सत्यपाटी । काठमाडौं । २०८२ कात्तिक १८ गते मंगलबार

नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले आज दिउँसो पत्रकार सम्मेलनमार्फत ‘वाम–प्रगतिशील ध्रुवीकरण’ अभियान घोषणा गर्न लागेका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका आठ वाम घटकबीच आइतबार भएको पार्टी एकता प्रक्रियामा असहमति जनाउँदै शर्माले नयाँ राजनीतिक अभियान सुरु गर्न लागेका हुन् ।

कात्तिक १६ गते प्रचण्ड, माधव नेपाल, सुवासराज काफ्ले, महेन्द्रराय यादव, चिरन पुन, राजु कार्की, कर्णजित बुढाथोकी र प्रेमबहादुर सिंहले एकताको सहमति पत्रमा हस्ताक्षर गरेका थिए । त्यसको भोलिपल्ट गोपाल किराँतीले पनि माओवादी केन्द्रसँग एकता गर्ने सहमति जनाएका थिए । उनीहरूले कात्तिक १९ गते काठमाडौंको भृकुटीमण्डपमा एकता घोषणा सभा गर्ने तयारीमा छन् ।

तर यस प्रक्रियाबाट असन्तुष्ट जनार्दन शर्मा, राम कार्की, झलनाथ खनाल, घनश्याम भूसाल र नेत्रविक्रम चन्द (विप्लव) लगायतका नेताहरूबीच नयाँ वाम ध्रुवीकरणको तयारी भइरहेको छ । अध्यक्ष प्रचण्डले अन्तिम प्रयासस्वरूप आइतबार शर्मासँग र सोमबार बिहान भूसालसँग भेट गरी एकतामा जोड दिएका थिए । तर, शर्माले असहमति जनाउँदै प्रचण्डसँग बिदाइ भेट गरेका छन् ।

प्रकाशित मिति : २०८२ कात्तिक १८ गते मंगलबार