हुम्लाको सर्केगाड गाउँपालिका–१ तुम्चका १२ वर्षीय अनिल लावड यतिबेला तीन वटा रोगसँग लडिरहेका छन् । उनको एक सातादेखि बाँकेको नेपालन्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ । आर्थिक अवस्था कमजोर भएका कारण उपचार गर्न सकस भएको अनिलका बुवा चैते लावडले बताए ।
उनले भने, ‘बिहान–बेलुका के खाने भन्ने चिन्ता छ । यस्तैमा छोरो अस्पतालको बेडमा लडिरहेको छ ।’ अनिलको आन्द्राको शल्यक्रिया गर्नुपर्ने भएको छ । यसका लागि रु सात लाख खर्च लाग्ने उनका बुबा चैतेले बताए । ‘मसित पैसा नहुँदा छोरा बचाउन मुश्किल भएको छ,’ उनले भने ।
अनिल हेपाटाइटिस बी र कालाजारबाट समेत पीडित छन् । उनका बुवा चैतेले छोरा बचाइदिन सबैलाई हारगुहार गरिरहेका छन् । सिटिजन्स बैङ्कको खाता नम्बर ०६५०१००००१४६९०२७ तथा आफ्नो मोबाइल नम्बर ९७६९२४६३९७ फोन गरी सहयोग गर्न उनले सबैमा आग्रह समेत गरेका छन् ।
प्रकाशित मिति : २०८२ कात्तिक १७ गते सोमबार
