२०८३ जेठ ४ , सोमबार 18, May 2026, Monday

माधवलाई भेट्न आलोकनगर पुगे प्रचण्ड, के भयो कुराकानी ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ कात्तिक १७ गते सोमबार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच एकता सभादेखि आगामी रणनीतिबारे छलफल भएको छ । हालै एकताको सहमति औपचारिकरूपमा सार्वजनिक भइसकेपछि दुवै नेताबीचको यो भेटलाई विशेष अर्थका साथ हेरिएको छ ।

प्रचण्ड वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित आलोकनगरस्थित नेकपा (एस) को केन्द्रीय कार्यालय पुगेका थिए । भेटमा नेपाल र प्रचण्डबीच आगामी एकीकृत पार्टीको संरचना, कार्ययोजना तथा नेतृत्व संयोजनबारे विस्तृत कुराकानी भएको बताइएको छ । माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) सहित आठ दलबीच एकीकरणको सहमति भइसकेको छ ।

नयाँ पार्टीको चुनाव चिन्ह ‘पाँच कुनाको तारा’ रहने विषयमा सहमति जुटिसकेको भए पनि, पार्टीको नामबारे अन्तिम निर्णय भने अझै बाँकी छ । तर, एकता प्रक्रियासँगै दुवै दलभित्र असन्तुष्टि देखिएको छ । समाजवादीभित्र विभाजनको संकेत देखिएको छ भने माओवादी केन्द्र पनि आन्तरिक मतभेदको चरणमा रहेको बताइएको छ ।

प्रकाशित मिति : २०८२ कात्तिक १७ गते सोमबार