२०८२ कात्तिक ३० , आइतबार 17, November 2025, Monday

डुडुवा गाउँपालिकाले बाँड्यो सामाजिक सुरक्षा भत्ता

सत्यपाटी
सत्यपाटी । बाँके । २०८२ कात्तिक १७ गते सोमबार

डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्न शुरु गरेको छ । चालु आर्थिक बर्ष २०८२–०८३ को प्रथम त्रैमास अन्तरगत साउनदेखि असोजसम्मको भत्ता वितरण गरिरहेको हो । गाउँपालिकामै बैंकका कर्मचारी पुगेर भत्ता वितरण गरिरहेको पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।

उनका अनुसार नागरिकलाई सहजकताका लागि बैंकका कर्मचारीहरु गाउँमै आएर भत्ता वितरण गरिरहेका छन । अध्यक्ष चौधरीले भत्ता वितरण प्रक्रियामा बैकिङ्ग लगायत प्राविधिक समस्याले स्थानीयको घरघरमै पुगेर वितरण गर्न नसक्नु दुखद कुरा भएको भन्दै त्यसको विकल्पमा बैंकलाई गाउँमै बोलाएर वितरण गर्न लागेको बताए ।

गाउँपालिकाको वडा नं. १, २, ५ र ६ का नागरिकलाई वडा कार्यालय, वडा नं. ३ र ४ का नागरिकलाई पालिकाको कार्यालयमार्फत भक्ता वितरण गरिने सूचना प्रविधि अधिकृत सुरेश बर्माले जानकारी दिए । उनका अनुसार नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कुमारी बैंक र ज्योती विकास बैंकमार्फत सामाजिक सुरक्षा भक्तावापतको रकम वितरण गरिएको छ ।

डुडुवा गाउँपालिकाका १ देखि ६ वटा वडासम्म करिब चार हजार १७५ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिने पालिकाका एमआइएस अपरेटर कौशलकुमार कैरातीले बताए । उनका अनुसार जेष्ठ नागरिक, दलित, एकल, विधुवा, पूर्ण अपागंता भएका व्यक्ति र जन्मेदेखि पाँच वर्षमुनिका दलित बालबालिकालाई सरकारले तोकेको रकम वितरण गरिनेछ ।

प्रकाशित मिति : २०८२ कात्तिक १७ गते सोमबार