२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

नेपाल प्रहरीका पाँच एसएसपी डीआइजीमा बढुवा

सरकारले नेपाल प्रहरीका पाँच जना एसएसपीलाई डीआइजीमा बढुवा गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अबिनारायण काफ्लेलाई डीआइजीमा बढुवा गर्ने निर्णय गरेका हुन् ।

एक सातापहिले उनीहरू बढुवाका लागि सिफारिस भएका थिए । बढुवा भएका डीआइजीको जिम्मेवारी पनि तोकिएको छ । भुपेन्द्र खत्री सीआइबीमा, सानुराम भट्टराई अपराध अनुसन्धान विभागमा, ओम अधिकारी उपत्यका प्रहरी कार्यालयमा, शेखर खनाल अख्तियारमा र अबिनारायण काफ्ले प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन भएका छन् ।

प्रकाशित मिति : २०८२ कात्तिक १७ गते सोमबार