माधवकुमार नेपाल समूह एकीकृत समाजवादीबाट बहिर्गमन गरेपछि झलनाथ–घनश्याम समूहले पार्टी निर्माण र आन्दोलनको रक्षा गर्न सहज भएको ठहर गरेको छ । केही नेता भने एमालेमा फर्किनेतर्फ छलफलमा छन् ।
सुकेधारामा शनिवार भएको अनौपचारिक छलफलमा पार्टी निर्माण र वाम सहकार्यलाई प्राथमिकता दिने निर्णय भएको छ । केही नेता–कार्यकर्ता भने एमालेसँग वार्ता गरेर फर्किनुपर्ने पक्षमा थिए ।
भेलामा सांसद किसान श्रेष्ठ, अम्बरबहादुर थापा, गम्भीरलाल श्रेष्ठ, होमबहादुर बुढाथोकी, राजाराम स्याङ्ताङ, अर्जुन राई र पीताम्बर तिम्सिनाले पार्टी बनाउन सकिँदैन भन्दै एमालेमा फर्किनुपर्ने सुझाएका थिए ।
उनीहरूले जिल्ला कमिटी र संसाधन नहुँदा पार्टी सञ्चालन कठिन भएको उल्लेख गरे । पार्टी बनाउने पक्षले सचिवालय बैठक राखेको छ भने एमाले फर्किनेतर्फका नेताहरू आ–आफ्नै ढंगले वार्ता गरिरहेका छन् ।
त्यस्तै, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीमा एकता विवाद तीव्र छ । चिरन पुन (मिलन सी) समूह माओवादी केन्द्रसहित समाजवादी मोर्चासँग एकता गर्न चाहन्छ, १४५ केन्द्रीय सदस्यमध्ये ७५ जना यस पक्षमा छन् । विप्लव भने नयाँ दल दर्ता गराएर सरकारको निरन्तरतासँग विचारगत मतभेद रहेको बताएका छन् ।
सत्यपाटी