आजदेखि सरकारी कार्यालय अपराह्न ४ बजेसम्म मात्रै खुल्नेछन् । कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ । अन्य समयमा भने बेलुकी ५ बजेसम्म कार्यालय समय रहँदै आएको छ ।
जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले तीन महिना कार्यालय समय ६ घण्टाका लागि मात्रै तोकेको छ । तीन महिनापछि भने अन्य समयमा भने सरकारले कार्यालय समय ७ घण्टा तोकेको छ । शुक्रबारको दिन भने दिउँसो ३ बजेको समय यथावत् रहनेछ ।
प्रकाशित मिति : २०८२ कात्तिक १६ गते आइतबार
सत्यपाटी