काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) पुनः एकपटक आफ्नो अभिव्यक्तिका कारण चर्चामा आएका छन् । उनले मध्यरातमा सामाजिक सञ्जालमा पोष्ट गरेको एक विवादास्पद पोष्ट केही मिनेटमै हटाए पनि त्यसको स्क्रिनसट अहिले सोसल मिडियामा तीव्र तरङ्ग पैदा गरिरहेको छ ।
मेयर बालेनले मध्यरातमा सामाजिक सञ्जाल फेसबुकमा राखेको आपत्तिजकन स्टाटस हटाइसकेका छन् । प्रमुख शाहले भारत, चीन र अमेरिका तथा देशका राजनीतिक दलहरूलाई लक्षित गर्दै आपत्तिजनक स्टाटस लेखेका थिए । उक्त पोष्टको तीव्र आलोचना भएपछि शाहले केहीबेरमै स्टाटस हटाएका छन् ।
शाहले अमेरिका, भारत, चीन तथा एमाले, कांग्रेस, रास्वपा, राप्रपा र माओवादीलाई लक्षित गर्दै आपत्तिजनक तथा अशिष्ट शब्दहरू प्रयोग गरेका थिए । उक्त स्टाटस पोष्ट भएको केही समयमै हटाइएको हो । तर, सो अवधिसम्ममा धेरै प्रयोगकर्ताले त्यसको स्क्रिनसट लिइसकेका थिए । उनले हटाए पनि स्टाटसको स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
शाहले रत्तिभर नहिचकिचाई अमेरिका, भारत, चीनजस्ता शक्तिशाली मुलुक तथा नेपाली प्रमुख राजनीतिक दल एमाले, कांग्रेस, माओवादी, रास्वपा र राप्रपालाई लक्षित गर्दै तीखो र आपत्तिजनक भाषामा टिप्पणी गरेका थिए । उनको शब्द चयन अशिष्ट र कूटनीतिक रूपमा अत्यन्त संवेदनशील भएको भन्दै निरन्तर बहस भइरहेको छ ।
उनको उक्त अभिव्यक्तिको स्क्रिनसट अहिले पनि सामाजिक सञ्जालमा भाइरल बनेको छ । उक्त स्टाटसमा उनले अमेरिका, भारत र चीनजस्ता देशहरू तथा प्रमुख राजनीतिक दलहरूलाई लक्षित गर्दै आपत्तिजनक शब्द प्रयोग गरेका थिए । पोष्ट सार्वजनिक भएको केही समयमै शाहले हटाए पनि स्क्रिनसट सामाजिक सञ्जालमा व्यापक रूपमा शेयर भइरहेका छन् ।
धेरैले त्यो अभिव्यक्तिलाई ‘अतिरञ्जित आक्रोश’ भनेका छन् भने केहीले ‘राजनीतिक र कूटनीतिक सीमा नाघिएको’ बताइरहेका छन् । बालेन शाह आफ्ना तिखा र अनौपचारिक अभिव्यक्तिका कारण पहिले पनि विवादमा तानिने गरेका छन् । यो घटनाले फेरि एकपटक उनको राजनीतिक शैली र अभिव्यक्ति संस्कारमाथि प्रश्न उब्जाएको छ ।
सत्यपाटी