२०८३ भदौ २९ , सोमबार 14, September 2026, Monday

सुनको मूल्य प्रतितोला २७ सय रुपैयाँले बढ्यो

नेपाली बजारमा आज सुनको भाउ बढेको छ । अघिल्लो दिनको तुलनामा आज मूल्य प्रतितोला दुई हजार ७०० रुपैयाँ बढेको छ । आज सुनको मूल्य प्रतितोला दुई लाख ३९ हजार रुपैयाँ तय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला दुई लाख ३६ हजार ३०० रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ प्रतितोला ८० रुपैयाँ बढेको छ । अघिल्लो दिन चाँदीको भाउ प्रतितोला दुई हजार ९८० रुपैयाँ रहेकोमा आज बढेर तीन हजार ६० रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : २०८२ कात्तिक १४ गते शुक्रबार