निर्वाचन आयोगले मतदाता नामावली संकलनको ३६ दिनमा ८५ हजार १०७ नयाँ मतदाता थपिएका छन् । आयोगका अनुसार काठमाडौँमा सबैभन्दा बढी ११ हजार २३० जना नयाँ मतदाता थपिएका छन् ।
ललितपुरमा चार हजार ९९३, भक्तपुरमा तीन हजार ४३७, मोरङमा तीन हजार २८४, चितवनमा तीन हजार ६३, रुपन्देहीमा तीन हजार ३२, झापामा दुई हजार ९७८, सुनसरीमा दुई हजार ६२३, सप्तरीमा दुई हजार ३५५ र बारामा दुई हजार ३३ मतदाता थपिएका हुन् ।
निर्वाचन आयोगले विशेषगरी जेनजीलाई लक्षित गर्दै अध्यादेशमार्फत मतदाता नामावलीमा नाम दर्ता खुला गरेको थियो । मतदाता नामावली संकलन यही कात्तिक ३० गतेसम्म जारी रहने आयोगले जनाएको छ ।
आयोगका अनुसार आगामी २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन लक्षित गर्दै संकलन जारी छ । १६ वर्ष पूरा भइसकेका नेपाली नागरिकहरूले आफ्नो प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा गएर नाम दर्ता गर्न सक्नेछन् ।
सत्यपाटी