२०८३ भदौ २६ , शुक्रबार 11, September 2026, Friday

खराब मौसमले हवाइ उडान प्रभावित, अन्तर्राष्ट्रिय जहाज धमाधम ‘डाइभर्ट’

प्रतिकूल मौसमका कारण आज आन्तरिक तथा बाह्य हवाई उडान प्रभावित भएको छ । तिन दिनदेखि मौसममा आएको खराबी कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान तथा अवतरण प्रभावित भएको हो ।

आज कतारको दोहाबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको जहाजलाई भारतको नयाँदिल्ली ‘डाइभर्ट’ गराइएको छ । त्यस्तै दिल्लीबाट आएको एयर इन्डियाको जहाज लखनऊ डाइभर्ट भएको छ । दिल्लीबाटै आएको इन्डिगो एयरको जहाजलाई समेत दिल्ली डाइभर्ट गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

आज आन्तरिक उडान समेत प्रभावित भएको छ । आज बिहान लुक्लातर्फका निर्धारित उडान रद्द भएका छन् । कम भिजिबिलिटीका कारण जहाज निर्वाध उडान–अवतरण हुन नसेकेको विमानस्थल कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८२ कात्तिक १३ गते बिहीबार