२०८२ कात्तिक ३० , आइतबार 17, November 2025, Monday

नेपालगन्ज-गुलरिया सडकमा बन्नेछ ‘चार लेन’को पक्की पुल

सत्यपाटी
सत्यपाटी । बाँके । २०८२ कात्तिक १३ गते बिहीबार

नेपालगन्ज–गुलरिया सडकखण्ड अन्तर्गत खजुरा गाउँपालिका–३ पेडारी नालामा चार लेनको पक्की पुल निर्माण सुरु भएको छ । छ दशकअघि पेडारी नाला निर्मित पुल साँघुरो र जीर्ण भएकाले नवनिर्माण थालिएको हो ।

नेपालगन्जस्थित हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालयका सूचना अधिकारी कृष्ण पाण्डेका अनुसार रु आठ करोड ९६ लाख तीन हजार ४६८ मा निर्माण कम्पनीसँग चार लेनको पक्की पुल बनाउने सम्झौता भएको छ । आगामी वैशाखभित्रमा पुल निर्माण पूरा गर्ने गरी सम्झौता भएको हो ।

एकतर्फी रूपमा सवारीसाधन सञ्चालन हुनेगरी पुलको एक भाग निर्माण नभएसम्म सवारी व्यवस्थापनका लागि पुरानो पुल नभत्काइने उनले बताए । हुलाकी सडक र खजुरा बजारको सडक विस्तारका क्रममा पनि निर्माण हुन नसकेको पुल चार लेनको बन्ने भएपछि बर्खामा बाँके र बर्दियाका सर्वसाधारणलाई यात्रा गर्न सहज हुनेछ ।

प्रकाशित मिति : २०८२ कात्तिक १३ गते बिहीबार