२०८३ साउन १० , आइतबार 27, July 2026, Monday

भोलि बिहानदेखि शुक्रवारसम्म भारी वर्षाको सम्भावना

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ कात्तिक १२ गते बुधबार

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले भोलि बिहिबार बिहानदेखि शुक्रबार बिहानसम्म केही स्थानमा भारी वर्षा सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहानदेखि कार्तिक १४ गते शुक्रबार बिहानसम्म नेपालको कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको जनाएको छ ।

साथै महाशाखाले कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव छ ।

प्रकाशित मिति : २०८२ कात्तिक १२ गते बुधबार