२०८३ भदौ २ , मंगलबार 18, August 2026, Tuesday

सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना, पाइलट सकुशल

सत्यपाटीसत्यपाटी । सोलुखुम्बु । २०८२ कात्तिक १२ गते बुधबार

सोलुखुम्बुको लबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ । लबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर बुधबार बिहान हेलिकप्टर दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले जानकारी दिइन् ।

हेलिकप्टरमा पाइलटबाहेक यात्रु भने थिएन । पाइलट क्याप्टेन विवेक खड्का भने सकुशल रहेको उनले बताए । तर हेलिकप्टरमा भने क्षति भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार अल्टिच्युट एयरको (एन एएमएस हेलिकप्टर) लुक्लाबाट बुधबार बिहान ७ः४५ मा उडेको थियो ।

प्रकाशित मिति : २०८२ कात्तिक १२ गते बुधबार