२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

दुई जना हवल्दारसहित १५ प्रहरी कर्मचारी बेपत्ता

दुई जना प्रहरी हवल्लदारसहित १५ जना प्रहरी कर्मचारीलाई एक साताभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ ।

प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै १५ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेका भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो ।

गैर हाजिर हुनेमा दुई जना हबलदार, दुईजना सहायक हबलदार, एक जना कार्यालय सहयोगी र बाँकी सबै प्रहरी जवान छन् । लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा नआए सेवाबाट हटाइने सूचनामा उल्लेख छ ।

हेर्नुहोस् सूचना :

प्रकाशित मिति : २०८२ कात्तिक १२ गते बुधबार