२०८३ भदौ १ , सोमबार 17, August 2026, Monday

तीन महिनामा यूएईमा ७९ जना नेपालीको मृत्यु

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ कात्तिक ९ गते आइतबार

पछिल्ला तीन महिनामा वैदेशिक रोजगारीको सिलसिलामा युनाइटेड अरब इमिरेट्स (यूएई) रहेका ७९ जना नेपालीको मृत्यु भएको छ । चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो तीन महिनामा उनीहरूको मृत्यु यूएईमा भएको हो ।

यूएईस्थित नेपाली दूतावासका अनुसार, ०८२ साउनमा ३२, भदौमा १९ र असोजमा २८ जना नेपालीको मृत्यु भएको हो । नेपाली दूतावासका अनुसार, गत आर्थिक वर्ष २०८१–०८२ मा यूएईमा ३१२ जना नेपालीको मृत्यु भएको थियो ।

गत आर्थिक वर्ष औसतमा प्रत्येक महिना यूएईमा २६ जना नेपालीको मृत्यु भएको थियो । अघिल्लो आर्थिक वर्ष २०८०–०८१ मा यूएईमा २३१ जना नेपालीले ज्यान गुमाएका थिए । सडक दुर्घटना, कार्यस्थल दुर्घटना, हृदयाघात, मुटु सम्बन्धी रोग लगायत कारणले नेपालीले यूएईमा ज्यान गुमाउने गरेका छन् ।

प्रकाशित मिति : २०८२ कात्तिक ९ गते आइतबार