२०८३ असार १३ , शनिबार 27, June 2026, Saturday

ओली र प्रचण्डप्रति अर्यालको कटाक्ष, ‘स्थिति थप बिग्रिदैछ’

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ कात्तिक ९ गते आइतबार

सुशीला कार्की नेतृत्वको सरकारमा आज दुई मन्त्रीले सपथ लिएका छन् । प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा डा.सुधा शर्मा र युवा तथा खेलकुद मन्त्रीमा बब्लु गुप्तालाई मन्त्री नियुक्त गरेका हुन् ।

उनीहरुको नियुक्तसँगै नेकपा एकृकीत समाजवादीका पोलिटब्युरो सदस्य दामोदर अर्यालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति सामाजिक सञ्जाल फेसबुकमार्फत कटाक्ष गरेका छन् ।

अर्यालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सम्भावित मन्त्रीहरूको नाम सुन्दा केपी र प्रचण्डहरूको थप आलोचना गर्न मन लाग्यो । यिनीहरुले वाम आन्दोलन नबरालेको भए, नभत्काएको भए आज हाम्रो देश यो हालतमा पुग्दैन थियो ।’

उनले नेपालको राजनीतिक स्थिति थप बिग्रिनेतर्फ संकेत गर्दै भनेका छन्, ‘इतिहासको कठघरामा उभिएर यिनीहरुले जवाफ दिनुपर्ने दिन आउँदैछ । कमरेडहरु ! स्थिति थप बिग्रिदैछ । प्रतिवादको तयारी गर्नका लागि पनि हामीभित्रकै खराब अङ्गको शल्यक्रिया गर्न जरुरी देखियो ।’

प्रकाशित मिति : २०८२ कात्तिक ९ गते आइतबार