नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शिलत निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरूको शपथ लिएका हुन् ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले डा.सुधा शर्मा र बब्लु गुप्तालाई मन्त्री नियुक्त गरेकी हुन् । शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएकी छिन् भने गुप्ता युवा तथा खेलकुद मन्त्री नियुक्त भएका हुन् ।
उनीहरूसहित अन्य दुई जनालाई पनि मन्त्री सिफारिस गरिएको थियो । आज चार जनाले शपथ लिने भनिए पनि अन्तिममा दुई जनाको रोकिएको थियो । श्रम रोजगारमन्त्रीमा सिफारिस भएका खगेन्द्र मन्त्री र भूमिमन्त्रीमा सिफारिस भएका गणपतिलाल श्रेष्ठको शपथ रोकिएको हो ।
खगेन्द्रविरुद्ध विभिन्न अभियोगमा मुद्दा भएपछि रोकिएको हो भने गणपतिलालले पर्यटनबाहेकको मन्त्रालयको जिम्मेवारी नलिने अडान लिएपछि रोकिएको हो । सुरुमा उनलाई पर्यटनमन्त्रीमै सिफारिस गरिएको भए पनि पछि उनलाई भूमि मन्त्रीमा सिफारिस गरिएको थियो ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, वर्तमान मन्त्रिपरिषद्का सदस्य लगायत उपस्थित थिए ।
सत्यपाटी