२०८३ जेठ २५ , सोमबार 9, June 2026, Tuesday

तीन महिनामा चार खर्ब व्यापार घाटा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ कात्तिक ९ गते आइतबार

चालु आर्थिक वर्षको तीन महिना (साउन–असोज) मा आयात १९ प्रतिशतले बढेको छ भने निर्यात ८९.६४ प्रतिशतले बढेको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको २०८२ असोज मसान्तसम्मको तथ्यांक अनुसार निर्यातको हिस्सा भारी मात्रामा बढे पनि देशको व्यापार घाटा करिब चार खर्ब पुगेको छ ।

विभागका अनुसार अघिल्लो वर्ष तीन खर्ब ५२ अर्ब ३७ करोड रुपैयाँ व्यापार घाटा रहेकोमा १२.१८ प्रतिशतले बढेर तीन खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ बराबर व्यापार घाटा पुगेको छ । चालु वर्षको तीन महिनाको अवधिमा पाँच खर्ब ४० अर्ब ८६ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ ।

जसमध्ये चार खर्ब ६८ अर्ब ८ करोड रुपैयाँको आयात भएको छ भने ७२ अर्ब ७८ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । अघिल्लो वर्षको यसै अवधिमा चार खर्ब २९ अर्ब १३ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो । यसमध्ये आयात तीन खर्ब ९० अर्ब ७५ करोड रुपैयाँ बराबरको आयात भएको थियो भने ३८ अर्ब ३७ करोड रुपैयाँको निर्यात भएको थियो ।

प्रकाशित मिति : २०८२ कात्तिक ९ गते आइतबार