सरकारमा चार नयाँ मन्त्री थप हुने भएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छिन् । प्रधानमन्त्री कार्कीले डा.सुधा शर्मा गौतम, गणपतिलाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ताको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरेकी छन् ।
डा. सुधा गौतम स्वास्थ्य तथा जनसङ्ख्या, खगेन्द्र सुनार श्रम तथा रोजगार, गणपतिलाल श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । बालुवाटार स्रोतका अनुसार उनीहरुको शपथ आजै हुनेछ भने शपथको समय राष्ट्रपति कार्यालयले चाँडै सार्वजनिक गर्ने जनाएको छ ।
प्रकाशित मिति : २०८२ कात्तिक ९ गते आइतबार