२०८२ कात्तिक ३० , आइतबार 17, November 2025, Monday

दुई प्रदेशमा हल्का वर्षासहित हिमपातको सम्भावना

सत्यपाटी
सत्यपाटी । काठमाडौं । २०८२ कात्तिक ९ गते आइतबार

देशका केही स्थानमा आज (कात्तिक ९) आंशिक बदलीको पूर्वानुमान छ । बाँकी भूभागमा मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ‘कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ,’ महाशाखाले आइतबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

आकाशमा ५० प्रतिशतसम्म बादल हुनुलाई आंशिक बदली भनिन्छ । २५ प्रतिशतसम्म आकाश बादलले ढाकेको अवस्थालाई मुख्यतया सफा भनिने महाशाखाले जनाएको छ । कोसी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस दिन राति कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदलीको पूर्वानुमान छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । ‘हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन,’ महाशाखाले भनेको छ । आउँदो बुधबार र बिहीबार (कात्तिक १२ र १३) भने देशका धेरै स्थानमा वर्षाको पूर्वानुमान छ ।

प्रकाशित मिति : २०८२ कात्तिक ९ गते आइतबार