मिथिलाञ्चनको महान चाड चार बदिवसयीय छठ पर्व अन्तर्गत आज शनिबार ‘नहाय खाय’ विधि सम्पन्न गरिएको छ । मधेस प्रदेश राजधानी जनकपुरधामस्थित विभिन्न ठाउँमा व्रतालु महिलाले सूर्यदेवको आराधना गर्दै जलासयमा नुहाएर चोखो पकवान ग्रहण गरी पवित्र नहाय खाय विधि गरेका सम्पन्न हुन् ।
यस विधिअन्तरगत व्रतालुले नदी, पोखरी वा धारामा स्नान गरी शुद्ध भई अरवा चामल र लौकाको तरकारीको प्रसाद ग्रहण गर्ने परम्परा रहेको व्रतालु क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर कि गीतादेवी साहले बताए । छठ पर्वको पहिलो दिन नहाय खाय सम्पन्न गरेपश्चात् व्रतालुले सूर्योपासना गर्दै चार दिनसम्मको कठिन व्रत सुरु गर्ने प्रचलन छ ।
चार दिवसीय छठ अन्तर्गत कठोर व्रतको पहिलो दिन आज नाहाय खाय, दोश्रो दिन आइतबार खरना, तेश्रो दिन सोमबार उस्ताउँदो सूर्य र अन्तिम दिन मङ्गलबार उदाउँदो सूर्यलाई अर्घ दिने प्रचलन छ । तराई मधेसवासीको मुख्य चाड छठ पर्वलाई उत्साहका साथ मनाउनका लागि तयारी अन्तिम चरणमा रहेको स्थानीय पुनम झाले बताए ।
पोखरी र घाटको सरसफाइ, सजावट लगायत अन्य व्यवस्थापनका काम तीव्र गतिमा भइरहेका उनले जानकारी दिए । यसैगरी स्थानीय बजारमा छठका लागि केरा, नरिवल, नवैध लगायत आवश्यक पूजा सामग्री खरिदका लागि निकै भीडभाड बढेको छ ।