२०८३ साउन ५ , मंगलबार 22, July 2026, Wednesday

आज सबै प्रदेशका उच्च भूभागमा हल्का हिमपातको सम्भावना

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ कात्तिक ६ गते बिहीबार

आज सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदलीसँगै हल्का हिमपातकोसमेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यतिबेला कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ ।

आज दिउँसो सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान छ । आज सबै प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरी, आज राति सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा राति हल्का वर्षा र हिमपातको सम्भावना छ ।

प्रकाशित मिति : २०८२ कात्तिक ६ गते बिहीबार