२०८३ साउन ५ , मंगलबार 22, July 2026, Wednesday

भाइटिका नजिकिँदै जाँदा उपत्यका छाड्नेको सङ्ख्या बढ्यो

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ कात्तिक ४ गते मंगलबार

तिहार अन्तर्गत भाइटिका नजिकिँदै जाँदा उपत्यका छाड्ने यात्रुहरूको सङ्ख्या बढेको छ । उपत्यकाका विभिन्न नाकाका साथै बसपार्कहरूमा यात्रुहरूको भिड देखिएको छ । शनिबारदेखि सुरु भएको तिहारको भाइटिकाको बिहानसम्ममा करिब ५ लाख सर्वसाधारण उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ ।

उपत्यका बाहिरिने सर्वसाधारणका साथै तिहारमा उपत्यका आउने यात्रुहरूको सङ्ख्या पनि उतिनै देखिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कात्तिक ३ गते बिहान ६ बजेदेखि कार्तिक ४ गते बिहानसम्म ४० हजार ९ सय ७७ यात्रु बाहिरिँदा ४० हजार ४०८ यात्रु उपत्यका प्रवेश गरेको ट्राफिक कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ कात्तिक ४ गते मंगलबार