२०८३ असार २ , मंगलबार 16, June 2026, Tuesday

विपिनको आज महाकाली किनारमा अन्त्येष्टि गरिँदै

सत्यपाटीसत्यपाटी । कञ्चनपुर । २०८२ कात्तिक ४ गते मंगलबार

इजरायलमा मारिएका विपिन जोशीको आज कञ्चनपुरस्थित महाकाली नदी किनारमा अन्त्येष्टि गरिँदैछ । इजरायलबाट काठमाडौं हुँदै सोमबार बेलुका भीमदत्त नगरपालिका–३ भाषीस्थित घर पुर्याइएको उनको शवयात्रा अहिले बिहान ८ बजे भीमदत्त नगरपालिकाबाट सुरु भई महाकाली नदीको भुजेला घाट लगिनेछ ।

राति अबेर घरमा शव पुर्याइएकाले आज बिहान महाकाली नदी किनारमा लगेर अन्त्येष्टि गर्न लागिएको हो । विपिनको शव परिवारलाई हस्तान्तरण गर्न नेपालस्थित इजरायली दूतावासका अधिकारी विपिनको घरसम्म पुगेका थिए । दुई वर्षअघि अध्ययनको सिलसिलामा इजरायल पुगेका विपिनको हमास लडाकुको नियन्त्रणसँगै हत्या भएको थियो । तिहारको बेला विपिनको शव घर आइपुग्दा सन्नाटा छाएको छ ।

प्रकाशित मिति : २०८२ कात्तिक ४ गते मंगलबार