२०८३ वैशाख १४ , सोमबार 27, April 2026, Monday

काग तिहारमा कागेश्वरी महादेव मन्दिर पुग्दा जे देखियो (तस्वीर कथा)

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ कात्तिक २ गते आइतबार

कागेश्वरी मनोहरा नगरपालिका–१, काठमाडौंको जंगलमा कागेश्वरीधाम छ । जंगल बीचमा रहेको धाममा, शिवलिंग मन्दिर, कागको सुनौलो प्रतिमा र झरना छन् । यस धाममा शिवलिंगसँगै काग पूजाको दिन कागको प्रतिमामा पूजा गरी माला लगाइन्छ । कागेश्वरी महादेव कागले पत्ता लगाएको जनविश्वास छ ।

किंवदन्ती अनुसार उहिल्यै गागल गाउँको माथिल्लो भेगमा मानिस गोठ बनाएर बस्थे । त्यहाँ गोठालाहरू गाइको दूध उमालेर राख्थे । तर, सधैं दूधको तर हराउँथ्यो । एक दिन गोठालाले चियो गर्दा दूधको तरलाई कागले खुट्टाको पञ्जाले सोरेर लाँदै गरेको देखेछन् । त्यो कागलाई गोठालाले पच्छाएछन् । पच्छ्याउँदै जाँदा अहिले कागेश्वरी मन्दिर भएको ठाउँको शिवलिंगमा कागले दूधको तर चढाएको देखियो । त्यही बेलादेखि कागेश्वरी महादेव भन्न थालिएको विश्वास छ ।

प्रकाशित मिति : २०८२ कात्तिक २ गते आइतबार