२०८३ साउन २२ , शुक्रबार 8, August 2026, Saturday

काग तिहार : यमराजको दूतको पूजा र प्रतिक

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ कात्तिक २ गते आइतबार

तिहारको प्रारम्भ काग तिहारबाट हुन्छ । कागलाई यमराजको दूत मानिन्छ र यसले मानव कर्मको सूचना पुर्याउने विश्वास गरिन्छ । पुराण अनुसार, शिवपुरी वा बागद्वारमा शिवजी हराउनुभएको बेला माता पार्वतीले कागको स्वरूप लिइ सन्देश पुर्याउनु भएको थियो ।

यसै कारण कागको पूजा गरिन्छ । शालको पातमा भात, दाल, फूल र तिल राखेर कागलाई खुवाइन्छ । तिललाई यमराजको प्रकोपबाट जोगिने प्रतिक मानिन्छ । अहिले पनि काठमाडौं उपत्यकाको उत्तरतर्फ रहेको कागेश्वरी मन्दिरमा कागे अष्टमीका दिन वा भाद्रकृष्ण अष्टमीका दिनमा सुनको काग देखाएर प्रदर्शन पनि गरिन्छ ।

हेर्दाखेरी काग र कोइली एउटै जस्तो देखिन्छन तर, कोइली कति प्रिय हुन्छ भने काग कति अप्रिय हुन्छ । किनभने उनले अप्रियजस्तै मानवहरुले गरेको कर्मलाई चाहीं यमराजसम्म पुर्याउने दूतको रूपमा रहेको कारणले गर्दाखेरि नै कागको पूजा गरिन्छ ।

प्रकाशित मिति : २०८२ कात्तिक २ गते आइतबार