२०८३ साउन १ , शुक्रबार 18, July 2026, Saturday

देशभरको मौसम सफा रहने

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज २७ गते सोमबार

देशभरको मौसम आज सामान्यतः सफा रहने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । विभागका अनुसार राति देशभर मौसम मुख्यतया सफा रहनेछ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागले बताएको छ ।

प्रकाशित मिति : २०८२ असोज २७ गते सोमबार